युरो २०२० मा क्रोएसिया माथी इङल्याण्डको जित

एजेन्सी, युरो २०२० अन्तर्गत ग्रुप डि को खेलमा क्रोएसिया माथी इङल्याण्डले १-० को जित निकालेको छ। नेपाली समय अनुसार जुन १३ आइतबार साँझ ६:४५ मा सुरु भएको उक्त खेलमा रहिम स्टर्लिङले गोल गरि सो खेल इङल्याण्डले जितेको हो।

पहिलो हाफमा इङल्याण्डका फिल फोडेनले गोल गर्ने सुनौलो मौका पाएता पनि त्यसलाई गोलमा परिवर्तन गर्न नसक्दा पहिलो हाफ गोल रहितको बराबरीमा टुङ्गिएको थियो।
दोश्रो हाफको ५७ औ मिनेटमा क्याल्भिन फिलिप्सको पासमा रहिम स्टर्लिङले गोल गरि इङल्याण्डलाई १-० को अग्रता दिलाएका थिए। त्यस पछि दुवै पक्षबाट थप कुनै गोल हुन नसक्दा खेल १-० मा टुंगिएको थियो।
इङल्याण्डले अर्को खेल स्क्ट्ल्याण्ड विरुद्ध नेपाली समय अनुसार जुन १९ शनिबार बिहान १२:४५ मा खेल्दै छ भने क्रोएसियाले अर्को खेल चेक रिपब्लिक विरुद्ध नेपाली समय अनुसार जुन १८ शुक्रबार राती ९:४५ मा खेल्दै छ।