युरो २०२० अन्तर्गत जर्मनी र हङ्गरी बिचको खेल बराबरीमा समाप्त

एजेन्सी, युरो २०२० अन्तर्गत ग्रुप एफको हङ्गरी र जर्मनी बिचको खेल बराबरीमा टुंगिएको छ। नेपाली समय अनुसार जुन २४ बिहीबार बिहान १२:४५ मा भएको उक्त खेल २-२ को बराबरीमा टुंगिएको हो।

पहिलो हाफको ११ औ मिनेटमा सालाइको पासमा आडम जालाइले गोल गरि हङ्गरीलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा अन्य कुनै गोल हुन नसक्दा पहिलो हाफ १-० मा समाप्त भएको थियो।
दोश्रो हाफको ६६ औ मिनेटमा भने म्याट्स हमेल्सको पासमा काइ हाभर्ट्सले गोल गरि जर्मनीलाई खेलमा फर्काएता पनि खेलको ६८ औ मिनेटमा नै हङ्गरीका आडम जालाइको पासमा आन्द्राश शायेरले गोल गरि हङ्गरीलाई २-१ को अग्रता दिलाउन सफल भए। खेलको ८४ औ मिनेटमा भने जर्मनीका लियोन ग्रोएट्स्काले गोल गरि खेल बराबरीमा ल्याएका थिए।
त्यसपछि थप कुनै गोल हुन नसक्दा खेल २-२ को बराबरीमा टुंगिएको हो। जर्मनी राउन्ड अफ १६ मा इङल्यान्ड विरुद्ध नेपाली समय अनुसार जुन २९ मंगलबार राती ९:४५ मा खल्दै छ।