युरो २०२०मा चम्किरहेका इटालियन स्टार माथि युभेन्टसको नजर

TURIN, ITALY - JANUARY 19: during the Serie A match between Juventus and Parma Calcio at Allianz Stadium on January 19, 2020 in Turin, Italy. (Photo by Valerio Pennicino - Juventus FC/Juventus FC via Getty Images)

हाल युरो २०२०मा चम्किरहेका इटालियन स्टार मिडफिल्डर मेनुएल लोकाटेलीलाई साइन गर्न युभेन्टस इच्छुक रहेको खबर छ।

२३ वर्षका मिडफिल्डरको २०/२१ सिजनमा सिरी ए क्लब यू.एस. सासुओलो कलसिओमा निकै राम्रो खेल रहेको थियो भने हाल युरो २०२०मा इटालियन राष्ट्रिय टिममा पनि उनी चम्किरहेका छन्। इटालीले स्विजरल्याण्डलाई ३-०ले पराजित गर्दा लोकाटेलीले २ गोल गरेका थिए भने सो जित पछि इटाली नकआउट चरणमा पुग्न सफल भएको थियो।

युरोमा उनको राम्रो खेलको कारण धेरै क्लब उनलाई साइन गर्न इच्छुक रहेको चर्चा छ भने इटालियन क्लब युभेन्टसको नजर पनि उनी माथि रहेको जानकारी छ।

खबर अनुसार उनलाई साइन गर्न युभेन्टस धेरै इच्छुक रहेको छ भने उनको लागि €३० मिलियन र आफ्नो युवा सेन्टर ब्याक ड्रगुसिन सासुओलोलाई दिन तयार रहेको खबर छ।