युरो २०२०मा चम्किरहेका इटालियन स्टार साइन गर्न आर्सनल र युभेन्टस बिच प्रतिस्पर्धा

हाल युरो २०२०मा चम्किरहेका इटालियन स्टार मिडफिल्डर मेनुएल लोकाटेलीलाई साइन गर्न प्रिमियर लिग क्लब आर्सनल इच्छुक रहेको खबर छ।

२३ वर्षका मिडफिल्डरको २०/२१ सिजनमा सिरी ए क्लब यू.एस. सासुओलो कलसिओमा निकै राम्रो खेल रहेको थियो भने हाल युरो २०२०मा इटालियन राष्ट्रिय टिममा पनि उनी चम्किरहेका छन्। युरो २०२०मा लोकाटेलीले ३ खेल खेल्दा २ गोल गरेका छन्।

युरोमा उनको राम्रो खेलको कारण धेरै क्लब उनलाई साइन गर्न इच्छुक रहेको चर्चा छ भने प्रिमियर लिग क्लब आर्सनलको नजर पनि उनी माथि रहेको चर्चा हुँदै गर्दा सासुओलोका प्रमुखले आर्सनलले उनको लागि प्रस्ताव पठाएको कुराको पुष्टि गरे।

 

उनलाई साइन गर्ने इटालियन क्लब युभेन्टस पनि धेरै इच्छुक रहेको खबर छ भने उनको लागि €३० मिलियन र आफ्नो युवा सेन्टर ब्याक ड्रगुसिन सासुओलोलाई दिन युभे इच्छुक रहको जानकारी छ।