युरो छनोट खेलमा स्पेन र इटालीको जित

सन २०२० मा हुने युरो कप छनोट खेलमा स्पेनले रोमानियाबिरुद्ध जित्न सफल भएको छ ।

१० खेलाडीमा सिमित स्पेनले २-१ को जित हात पारेको हो ।

समूह ‘एफ’ मा रहेको स्पेनले २९ औं मिनेटमा रामोसको पेनाल्टी मार्फत अग्रता लिएको हो ।

दोस्रो हाफको ४७ औं मिनेटमा अल्कासेरले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलायो । ५९ औ मिनेट रोमानियाका आन्डोनेले गोल गर्दै खेक २-१ मा ल्याए ।

खेलको ७९ औ मिनेटमा डिएगो लोरेन्टेले रातो काड खादै मैदान बाहिर जानू परेको थियो ।

खेलमा अरु कुनै गोल हुन सकेन र स्पेनले २-१ को जित हात पार्यो ।

जित संगै स्पेन समूह ‘एफ’ को शीर्ष स्थानमा छ भने स्विडेन दोस्रो स्थानमा छ । रोमानिया भने चौथौ स्थानमा रहेको छ ।

त्यसै गरि युरो कप छनोटमा इटालीले पाँचौं जित निकालेको छ । बिहिबार राति भएको खेलमा १० खेलाडीमा सिमित अर्मेनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै इटालीले अपराजित यात्रा कायम राखेको छ ।

अर्मेनियाको घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर इटालीले जित निकालेको हो । खेलको ११ औं मिनेटमा एलेक्सजेण्डरले गोल गर्दै अर्मेनियालाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको २८ औं मिनेटमा आन्द्रे बेलोट्टीले गोल गर्दै इटालीलाई खेलमा फर्काए ।

खेलको ४५ औं मिनेटमा एलेक्सजेण्डरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पहिलो हाफमै अर्मेनिया १० खेलाडीमा समेटियो । जसको फाइदा इटालीले उठायो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले थप दुई गोल गर्यो । खेलको ७७ औं मिनेटमा लोरेन्जो पेल्लीग्रिनीले गोल गर्दै इटालीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा बेलोट्टीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३-१ को जित दिलाए ।

जितसंगै समूह ‘जे’ को इटालीले ५ खेलबाट १५ अंक जोडेको छ । अर्मेनियाको यो तेस्रो हार हो । चौंथो स्थानको अर्मेनियाले ५ खेलमा ६ अंक जोडेको छ । यस समूहमा १० अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ ।