युरो कप २०२०: बेल्जियम र इटाली भिड्दै, चिलेनी टोलिमा फर्किए

एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत क्वाटरफाइनलको दोश्रो खेलमा बेल्जियमले इटालीको सामना गर्दैछ। उत्कृष्ट लयमा रहेको इटालीलाई यो खेल चुनौतीपुर्ण हुनेछ।

त्येस्तै उता बेल्जियमलाई भने आफ्ना दुई स्टार खेलाडी चोटका कारण खेल गुमाउने संघारमा छ। केभिन डि ब्रुना र एडिन ह्याजार्ड दुबैले खेल गुमाउने संभावना रहेको छ। डि ब्रुनालाई मांसपेशी र ह्याजार्डलाई गोलीगाँठाको चोट बोकेका छन।

पोर्चुगलविरुद्ध प्रि क्वाटरफाइनल खेलमा दुबैले चोट बोकेका थिए। यद्यपि, प्रशिक्षक रोबेर्टो मार्टिनेजले दुबैलाई टोलिमा समावेश गर्ने वा नगर्ने भन्ने निर्णय अन्तिममा लिने छ।

इटालीका लागि भने कप्टान जोर्जियो चिलेनी टोलिमा फर्किने भएको छ। पछिल्ला दुई खेल गुमाए पछि बेल्जियमविरुद्ध मैदानमा फर्किने छन।