युरो कप पछि लोले जर्मनीको प्रशिक्षकबाट पछि हट्ने

एजेन्सी, जर्मनीका प्रशिक्षक जोअकिम लो युरो कप पछि आफ्नो भुमिकाबाट हट्ने बताएका छन।

डिएफबीको अध्यक्ष फ्राइज केलरले भने “म वहाँको निर्णयलाई सम्मान गर्छु। वहाले जर्मन फुटबललाई नया उचाइमा पुराउनु भयो जुन पहिला कसैले गर्न सक्नु भएन। जे जति वहाले जर्मनीको लागि जित्नु भयो त्येस्को लागि धन्यवाद दिन्छु”।

लोले सन २००६ देखि टोलिको जिम्मेवारी सहमालेका थिए। उन्को प्रशिक्षणमा जर्मनीले २०१४ मा विश्व कप र २०१७ कन्फिडेरेसन कप जित्न सफल भएको थियो।