युरो कप: उपाधीको लागि इंग्ल्यान्ड र इटाली भिड्दै

एजेन्सी, युपोरियन च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा इंग्ल्यान्डले इटालीसंग भिड्ने छ। लण्डन स्थित विम्ब्ले स्टेडियममा हुनेछ। दुबै टोलि जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेको छ।

रोबेर्टो म्यान्चिनीको प्रशिक्षणमा रहेको इटाली इंग्ल्यान्डलाई उसैको मैदानमा पराजित गर्दै जित्न चाहन्छ। त्यस्तै, इंग्ल्यान्ड डेनमार्कलाई हराउदै फाइनलको यात्रा पक्का गरेको थियो।

इटालीको इंग्ल्यान्डविरुद्ध नतिजा आशा लाग्दो छ। यी दुई बिच ३० खेल खेलिसक्दा इटालीले ११ खेल जितेको छ। उता इंग्ल्यान्डले भने ८ खेल जित्न सफल भएको छ।

यी दुई राष्ट्र बिच पछिल्लो पटक २०१८ मा भेट भएको थियो। उक्त खेल १-१ गोलको बराबरीमा सकेको थियो। लोरेन्जो इन्सिग्नेको गोलमा हारबाट जोगाएको थियो।

घरेलु टोलिका लागि ह्यारी केन र रहिम स्टर्लिङको भुमिका महत्वपुर्ण हुनेछ। टोलिको १० गोल मध्ये यिनको ७ गोलमा योगदान रहेको छ। १९६६ विश्व कप पछि इंग्ल्यान्ड पहिलो पटक फाइनल खेल्न जादैछ। ५५ बर्ष पछि आफ्नै दर्शक सामु उपाधी जित्ने सुनौलो मौका रहेको छ।

त्यस्तै, इटालीको यो तेश्रो युरो कप फाइनल हुनेछ। २००० मा फ्रान्स र २०१२ मा स्पेनको हातबाट पराजय भोगेका इटालीलाई उपाधि जित्ने यो तेश्रो अवसर रहेको छ। रोबर्टो म्यान्चिनीको टोलिले जारी प्रतियोगितामा सबै खेल जितेका छन भने पछिल्ला ३३ खेलमा अपराजित रहेका छन।