युरो कपमा क्रिस्टियानो रोनाल्डोको यस्तो उत्कृष्ट रेकर्डहरू

युरो कप २०२० सुरु हुन धेरै समय बाँकी छैन र सो प्रतियोगिताको लागि फ्यानहरू पनि धेरै उत्साहित छन्। युरो कपमा धेरै स्टार खेलाडी हुने छन् तर ती मध्ये पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको युरोमा धेरै राम्रो तथ्याङ्क रहेको छ।

How Cristiano Ronaldo and Michel Platini scored their nine European Championship goals (BBC Sport)

२०१६को युरो जितेका क्रिस्टियानो रोनाल्डो युरो कपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी रहेका छन्। रोनाल्डोले टूर्नामेन्टको इतिहासमा अरू कोही भन्दा धेरै खेल खेलेका छन्, क्वालिफायरमा अरू भन्दा बढी गोल गरेका छन् र यदि उनले आउँदो युरोमा एक गोल गरे भने उनी युरोपियन च्याम्पियनसिपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्ने छन्।

हाल २१ गोलको साथ उनको मिचेल प्लाटिनीको साथ संयुक्त शीर्ष स्कोरेरको रुपमा रहेका छन् भने आउँदो युरोमा उनी सँग सबै समयको शीर्ष स्कोरेर बन्ने ठुलो मौका छ।

रोनाल्डोले २००४ मा दुई पटक, २००८ मा एक पटक र २०१२ र २०१६ मा तीन पटक गोल गर्दै दुई युरो टूर्नामेन्टमा तीन गोल गर्ने एक मात्र खेलाडी बने ।

उनी युरो कपको २१ खेलहरू खेलेका छन् र उनी युरो कपको इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्।

युरो कपमा सबैभन्दा धेरै सट प्रहार गर्ने खेलाडी पनि रोनाल्डो रहेका छन्। २०१६मा युरो जितेका रोनाल्डोको लक्ष्य यो वर्ष पनि उपाधिको रक्षा गर्नु हुने छ भने युरोमा उनले अर्को व्यक्तिगत रेकर्ड बनाउन सक्ने छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्ने सक्ने छन्। हाल उनको अन्तर्राष्ट्रिय १०३ गोल रहेको छ र अलि डेइको १०९ गोलको रेकर्ड तोड्न उनलाई ७ गोलको आवश्यकता रहेको छ जुन उनले आउँदो युरोमा पुरा गर्न सक्ने छन्।