यो वर्ष युरो कपमा क्रिस्टियानो रोनाल्डोले तोड्न सक्ने यी रेकर्डहरू

युरो २०२० सुरु भएको छ र सो प्रतियोगिताबाट फ्यानहरू धेरै उत्साहित छन्। युरो कपमा धेरै स्टार खेलाडीहरूको खेलहरू हुने छ तर ती मध्ये पोर्चुगलका सुपरस्टार क्रिस्टियानो पनि एक हुन् र उनले यो युरो कपमा धेरै रेकर्ड तोड्न सक्ने छन्।

२०१६को युरो जितेका क्रिस्टियानो रोनाल्डो र पोर्चुगलले यस वर्षको युरो कप हंगेरी विरुद्धको खेलबाट सुरु गर्ने छ। यो युरो रोनाल्डोको लागि धेरै रेकर्ड बनाउन ठुलो मौका हुने छ।

उनी हाल युरोमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी रहेका छन् भने ११ जितको साथ उनी फाब्रेगास र एंड्रेस इनिएस्टा सँगै रोनाल्डो युरोमा सबै भन्दा धेरै खेल जित्ने खेलाडी हुन् भने थप १ जितले उनलाई युरोको इतिहासमै सबैभन्दा धेरै खेल जित्ने खेलाडी बनाउने छ।

हाल २१ गोलको साथ उनको मिचेल प्लाटिनीको साथ संयुक्त शीर्ष स्कोरेरको रुपमा रहेका छन् भने यो युरोमा उनी इतिहासकै सबै समयको शीर्ष स्कोरेर बन्न सक्ने छन्।

कमसेकम २ गोलले युरोको खेल जित्नेमा पनि उनी २ जितको साथ संयुक्त रुपमा अन्य ४ खेलाडी सँग शीर्ष स्थानमा छन् र यो युरो कपमा उनले सबैलाई पछि पर्दै नयाँ रेकर्ड बनाउन सक्ने छन्। एकै खेलमा कमसेकम २ गोल गरेर जित्ने रेकर्डमा उनी ३ गोलको साथ इब्राहिमोभिक सँगै शीर्ष स्थानमा छन् तर यो वर्ष उनलाई नयाँ रेकर्ड बनाउन मौका रहेको छ।

सबैभन्दा धेरै युरो कप फाइनल खेल्ने सुचीमा पनि उनी २ फाइनल खेलको साथ उनी धेरै खेलाडीको साथ संयुक्त रुपमा शीर्ष स्थानमा छन् तर यो वर्ष तेस्रो पटक फाइनल खेल्ने उनी पहिलो खेलाडी बन्न सक्ने छन्।