युरोप जाने भए पनि आज एनआरटीविरुद्ध विमल घर्ती मगर खेल्दै

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज हुने न्यूरोड टिम एनआरटीविरुद्धको खेलमा च्यासल युथ क्लबमा स्ट्राइकर विमल घर्ती मगरले खेल खेलेका छन् । यसअघि बेल्जियमको क्लबमा ट्रायल दिन जाने कारण विमल च्यासलमा नहुने खबर सार्वजनिक भएको थियो । तर, एनआरटीविरुद्ध विमल च्यासलको प्लेईङ -११ मा परेका छन् ।

च्यासलबाट विमलसंगै सन्तोष साहुखल र यसै साता क्लबमा अनुबन्धित भएका डिफेन्डर कोरा लार्वा कोने फ्लोरेन्ट प्लेईङ -११ मा परेका छन् ।

एनआरटीविरुद्ध च्यासल पहिलो जितको खोजीमा रहेका छन् । एनआरटी पनि पहिलो जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
पहिलो खेलमा मछिन्द्रसँग बराबरीमा रोकिएको च्यासल दोस्रो खेलमा आर्मीसँग १–० ले पराजित भएको थियो ।

यता, उमेर समुहका खेलाडी समावेश गर्दै टिम तयार गरेको एनआरटीले उद्घाटन खेलमा आर्मीसँग २–२ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा मनाङसँग भने २–० ले पराजित भयो ।