युरोपा लिग फाइनलमा आज चेल्सी र आर्सनल भिड्दै; खेल कति बजे? पुरा जानकारी

युरोपको दोस्रो ठूलो प्रतियोगिता युइएफए युरोपा लिगको फाइनल खेल आज हुँदैछ । नेपाली समय अनुसार राति १२ः४५ हुने उक्त उपाधि भिडन्तमा लण्डन क्लबद्वय आर्सनल र चेल्सी प्रतिस्पर्धामा छन् ।

यो खेल बाकु ओलम्पिक स्टेडियममा हुनेछ । जहाँ, चेल्सी र आर्सनल एक अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा हुनेछ ।

चेल्सीले जर्मन क्लब इन्ट्राच्टलाई सेमिफाइनलमा हराउँदै फाइनलमा पुगेको हो । यता चेल्सीको प्रतिद्वन्द्वी क्लब आर्सनलले भने स्पेनिस क्लब भ्यालेन्सियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

चेल्सीले ईंग्लिश प्रेमिएर लिगमा तेस्रो स्थानमा रहन सफल भयो र अर्को सिजन च्याम्पियनस लिगमा आफ्नो स्थान सुरक्षित बनाएको छ भने ईंग्लिश प्रेमिएर लिगमा पाँचौ स्थानको आर्सनलले आजको यस फाइनल खेल जिते मात्र अर्को सिजन च्याम्पियनस लिग फूटबल खेल्न पाउनेछ नत्र युरोपा लिग मै चित्त बुझाउनु पर्ने हुन्छ ।