युरोपा लिग प्लेयर अफ द सिजन अवार्ड हजार्डको नाममा

इंग्लिस क्लब चेल्सीका पूर्वखेलाडी हजार्डले युरोपा लिगको २०१८/१९ सिजनको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन्।

युरोपा लिगको उपाधि चेल्सीलाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका हजार्डलाई शुक्रबार प्लेयर अफ द सिजन अवार्ड घोषित गरेको हो।

सन् २०१२ देखि २०१९ सम्म चेल्सीमा रहेका हजार्डले चेल्सीलाई थुप्रै प्रतियोगिताको उपाधि दिलाई सकेका छन्। यो सिजनदेखि हजार्ड स्पेनिस क्लब रियल मड्रिड क्लबमा अनुबन्धित भएका हुन्।