युरोपा लिग ड्र, बार्सिलोना र म्यान्चेस्टर युनाइटेड भिड्ने

युरोपा लिग अन्तर्गत प्ले अफको ड्र सार्वजनिक भएको छ ।

च्याम्पियन्स लिगको समुह चरणमा तेस्रो स्थानमा रहेका टोलिहरु र युरोपा लिगमा दोस्रो स्थानमा रहेका टोलिहरु बिचको ड्र मा बार्सिलोनाले म्यान्चेस्टर युनाइटेडको सामना गर्ने छ ।

प्ले अफ राउन्डमा आज भएको पूरा ड्र हेर्नुहोस:

एफसी बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड

युभेन्टस विरुद्ध एफसी नान्टस

स्पोर्टिङ लिस्बन विरुद्ध एफसी मिट्जील्यान्ड

शाख्तार डोनेस्क विरुद्ध स्टाड रेनेस

आयाक्स विरुद्ध युनियन बर्लिन

बायर लेभरकुसन विरुद्ध एएस मोनाको

सेभिया विरुद्ध पिएसभी

एफसी साल्जबार्ग विरुद्ध एएस रोमा

यस दुई लेग प्ले अफमा जितेका टोलिले युरोपा लिगमा शीर्ष स्थान हासिल गरेका टोलिहरुबिरुद्ध फेरि अर्को ड्र हुनेछ ।