एजेन्सी, इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
ओलम्पियाकोसको मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले एक एक गोल गरे ।
ओलम्पियाकोसका युसुफ एल अराबीले एक गोल फर्काए ।
खेलको ३४ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा युसुफले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
८० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।
यस जितसँगै आर्सनलको अन्तिम आठको सम्भावना बलियो बनेको छ ।
आर्सनलले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।
दोस्रो लेग खेल मार्च १८ मा हुनेछ ।