युरोपा लिगको उपाधि जिते पछि हजार्डले चेल्सी छोड्ने पक्का भएको बताए (भिडियो)

इडेन हजार्डले चेल्सीले युरोपा लिगको उपाधि जितेपछि क्लबमा आफ्नो यो नै अन्तिम खेल भएको बताएका छन् । गएराती आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जित्ने क्रमआमा हजार्डले २ गोल गरेका थिए ।

जितपछि कुराकानी गर्दै हजार्डले यो नै आफ्नो ‘गुडबाई’ भएको बताए ।

उनले भने,‘मेरो प्रिमियर लिग खेल्ने सपना थियो, सम्भवत विश्वको उत्कृष्ट क्लबमा म ७ बर्ष खेले तर अब नयाँ चुनौतीको समय आएको छ ।’

हजार्डले आफुले यसअघि नै निर्णय गरिसकेको र केहि दिनमै थाहा हुने भन्दै रियल म्याड्रिड जाने औपचारिक घोषणा केहि दिनमै हुने संकेत गरे ।

मिडिया रिपोर्टका अनुसार आगामी सोमबार रियल म्याड्रिडले हजार्डलाई भित्राउने औपचारिक घोषणा गर्ने भएको छ ।

यसअघि स्पेनिस क्लब रियल म्याड्रिड र चेल्सीबीच सहमति भएको बताइएको छ ।