युभेन्टसका स्टार फोवार्डले दुई पेनाल्टी गोल गर्दै जेनोवाबिरुद्ध जित दिलाए भने सो क्रममा उनले नयाँ रेकर्ड पनि स्थापित गरे। क्रिस्टियानो रोनाल्डोले युरोपको शीर्ष पाँच लिगमा ४००औं जीतसहित आइतबार नयाँ रेकर्ड बनाए, जुन २१औं शताब्दीमा कुनै अन्य खेलाडीको पुगेको छैन।
400 – #CristianoRonaldo become the first player to reach 400 wins in the top-5 European League in 2000s. Lionel Messi is second in this ranking with 365 wins (Buffon third, 350). Winner.#GenoaJuve pic.twitter.com/otJ5vWuuzy
— OptaPaolo (@OptaPaolo) December 13, 2020
३५ बर्सका सुपरस्टारले युभेन्टसको ३-१को जितमा मद्दत गरेका थिए र सो जित उनको ४००औ जित रहेको छ। युरोपको शीर्ष लिग मध्ये उनले प्रिमियर लिग, ला लिगा र सिरी एमा खेलेका छन् र सो क्रममा उनले आफ्नो ४००औं जित पुरा गरेका छन्।
युरोपको शीर्ष लिगमा सबैभन्दा बढी खेल जित्ने खेलाडीको सुचीको दोस्रो स्थानमा ३६५ जितको साथ मेस्सी रहेका छन् भने तेस्रो स्थानमा पनि युभेका स्टार बुफन रहेका छन्।
आइतवारको खेलमा रोनाल्डोले युभेमा आफ्नो १०० खेल पनि पुरा गरे र उनले अहिले सम्म युभेन्टसका लागि ७७ गोल गरेका छन्।