युरोपका शीर्ष क्लबको ‘पावर र्‍याङकिङ’ : युभेन्टस नम्बर १ मा, रियल र बार्सिलोना कहाँ ?

चर्चित फुटबल मिडिया ‘अल फुटबल’ले गत साताभरको प्रदर्शनका आधारमा युरोपका ठूला क्लबको ‘पावर र्‍याङकिङ’ गरेको छ । उसले क्लबमा रहेका खेलाडी, प्रदर्शन र गोल संख्यालगायत विविध पक्षलाई समेटेर क्लबको वर्गीकरण गर्ने गर्छ ।

जसमा यस साता इटालियन क्लब युभेन्टस सबैभन्दा शक्तिशाली क्लबका रूपमा देखिएको छ । ऊ सो सूचीको पहिलो नम्बरमा छ । युभेन्टसले आफ्नो इतिहासमै पहिलोपटक सिजनका सुरुआती १० खेल सबै जितेर रेकर्डसमेत राखेको छ ।

 

त्यसपछि दोस्रो स्थानमा इंग्लिस क्लब चेल्सी छ । उसले यस सिजन उच्च लय समातेको छ । घरेलु लिगा प्रिमियर लिग र युरोपा लिगमा पनि चेल्सीले उच्च प्रदर्शन गरिरहेको छ । ऊ अपराजित टोली हो ।

त्यसपछि तेस्रो स्थानमा इंग्लिस क्लब लिभरपुल रहेको छ । उसले पनि घरेलु लिग र च्याम्पियन्स लिग दुवैमा उच्च प्रदर्शन गरेको छ । लिभरपुल घरेलु लिगमा अपराजित छ भने च्याम्पिन्स लिगमा एक खेल हारेको छ ।

 

यसपछि चौथो स्थानमा म्यानचेस्टर सिटी रहँदा पाँचौंमा बार्सिलोना रहेको छ । बार्सिलोनापछि छैटौं स्थानमा रियल मड्रिड रहँदा सातौंमा पिएसजी रहेको छ । त्यसपछि आठौं स्थानमा आर्सनल रहँदा नवौं स्थानमा बोरुसिया डर्टमुन्ड रहेको छ ।

शीर्ष १० क्लबको पुछारमा जर्मन क्बल बार्यन म्युनिख रहेको छ । बार्यन बुन्डेसलिगाको साबिक विजेता हो । तर, यसपटक ऊ निकै खराब अवस्थामा रहेको छ ।