युरोकप स्थगित गर्न इटालीको प्रस्ताव

यसै वर्षको जुन र जुलाईमा हुने भनिएको युरोकप स्थगित गर्न इटालीको फुटबल संघले आग्रह गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण विश्वभरि फैलिरहँदा यो युरोकप पछि सार्न संघले आग्रह गरेको हो

इटालीको घरेलु लिग ‘सिरी ए’ पूरा गर्न युरोकप सार्न फुटबल संघले युरोपेली फुटबल महासंघ (यूईएफए)लाई अनुरोध गरको छ। युरोकप भने २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय छ।

इटाली युरोपी मुलुकहरुकै सबैभन्दा बढी संक्रमित मुलुक हो। जसका कारण घरेलु लिग सिरी ए अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ।

इटाली फुटबल संघका अध्यक्ष ग्रेबियल ग्रेविनाले युईएफएको संगलबार बस्ने बैठकमा आफूले उक्त प्रस्ताव पेस गर्ने जनाएका छन्।‘हामी युरोकप स्थगित गर्ने प्रस्ताव लिएर जाने छौं,’ ग्राविनाले भने।‘क्लबहरुले सिरी ए मा ठूलो लगानी लगाएका कारण ‘सिरी ए’ को खेल सक्न कोसिस गर्ने छौं,’ उनले भने।

इटाली फुटबल संघले यसअघि ‘सिरी ए’ नसकिए वैकल्पिक खेलहरु खेलाउने जनाएको थियो। तर ग्राविनाले पछिल्लो समय ३० जुनसम्म ‘सिरी ए’ सक्ने आशा जनाएका छन्। तर उनले यो समय लम्बिन पनि सक्ने भएका कारण तत्काल खेलाडीहरुलाई प्रशिक्षण नदिन आग्रह गरेका छन्।

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ