युरोकप छनोट: विश्वविजेता फ्रान्स पराजित। बेल्जियम, इटाली र जर्मनी विजयी

यरोकप फुटबल छनोट २०२० अन्तरगत शनिवार राति भएका खेलमा विश्वविजेता फ्रान्स पराजित भएको छ। अन्य तीन बलिया टिम बेल्जियम, इटाली र जर्मनी विजयी भएका छन्।

समूह C को खेलमा जर्मनीले बेलारुसलाई २–० ले हराएको छ । उसका लागि लेरोइ साने र मार्को रुयोसले १-१ गोल गरे । समुह C मा जर्मनी ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । यो समूहको शीर्ष स्थानमा ९ अंकसहित आयरल्यान्ड छ।

त्यस्तै अर्को छनोट खेलमा बलियो इटालीले ग्रीसलाई ३–० ले हराएको छ। इटालीलाई सहज जित दिलाउने क्रममा लियोनार्दो बोन्युची, लोरेन्जो इन्सिगेन र निकोलो बरेल्लाले १-१ गोल गरे।समूह J मा इटाली ३ खेलबाट ९ अंक सहित शीर्ष स्थानमा छ । त्यसपछि ६ अंकसहित फिन्ल्यान्ड दोस्रो स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा बेल्जियमले काजकस्तानलाई ३–० ले हराएको छ । बेल्जियको जितका लुकाकु, मेर्टेन्स र कास्टागेनले १-१ गोल गरे। समूह I मा बेल्जियम ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । यो समूहमा रसिया ६ अंकसहित दोस्रो स्थानमा छ ।