युरोकपको ड्र सार्वजनीक; जर्मनी र नेदरल्याण्ड एउटै समुहमा

युरोकप छनोट अन्तर्गत जर्मनी र नेदरल्याण्ड समुह चरणमा भिड्ने भएका छन् । आईतबार सार्वजनीक ड्र अनुसार जर्मनी र नेदरल्याण्ड समुह चरणमा भिड्ने पक्का भएको हो ।

समुह सीमा नेदरल्याण्डले जर्मनी प्रतिद्वन्दीकाे रुपमा पाएको हो । सो समुहमा नर्दन आयरल्याण्ड समेत परेको छ । यस्तै समुह एमा इङ्ल्याण्ड, चेक रिपब्लिक र बुल्गेरिया जस्ता देश समावेश छन् ।

समुह बीमा पोर्चुगल, युक्रेन र सर्विया रहेका छ । समुह डीमा स्विजरल्याण्ड, डेनमार्क र रिपब्लिक अफ आयरल्याण्ड समावेश छन् ।

सन् २०२० हुने युरोकप युरोपका १२ देशका विभिन्न १२ शहरमा आयोजना हुदैछ ।