युभेले आफ्नो स्टार स्ट्राइकर सँग सम्झौता विस्तार गर्ने

युभेन्टसका नयाँ कोच मासिमिलियानो एलेग्रीले क्लबका स्टार स्ट्राइकर मोराटा सँगको लोन सम्झौता विस्तार गर्न क्लबलाई आग्रह गरेको खबर छ। मोराटा एटलेटिको म्याड्रिडबाट युभेन्टसमा लोनमा आएका हुन् र पूर्व कोच पिर्लो उनी सँग सम्झौता विस्तार गर्नमा इच्छुक थिएनन् भने हाल नयाँ कोच एलेग्रीले उनलाई क्लब मै राख्न प्रयास गर्ने खबर छ।

इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार एलेग्री उनलाई आफ्नो टिममा राख्न इच्छुक छन् र उनले युभेन्टसलाई उनी सँग सम्झौता विस्तार गर्ने निर्देशन दिएका छन्।

खबर अनुसार उनी सँग सम्झौता गर्न युभेले थप €१० मिलियन तिर्नु पर्ने छ भने उनी युभेमा २०२२को अन्त्य सम्म हुने छन्।

पिर्लो मोराटा सँग सम्झौता विस्तार वा स्थायी सम्झौता गर्न इच्छुक थिएनन् भने उनको विकल्पमा नयाँ स्ट्राइकर साइन गर्ने पिर्लोको योजना रहेको थियो। हाल पिर्लोलाई युभेन्टसले बर्खास्त गरे पछि नयाँ कोच एलेग्रीले नयाँ योजनाहरू बनाएका छन्।

२०२०-२१ सिजनमा युभेन्टस सिरी ए मा चौथो स्थान र च्याम्पियन्स लिगमा अन्तिम १६ बाटै बाहिरिएपछि पिर्लोको धेरै आलोचना पनि भएको थियो। यो सिजन युभेन्टसको लिग र च्याम्पियन्स लिग फम राम्रो रहेन र सो कारण युभेले आफ्नो कोच पिर्लोलाई बर्खास्त निर्णय लिएको छ भने उनको ठाउँ एलेग्रीले लिएका छन्।