“युभेन्ट्सलाई दुई पटक हराउनु अविश्वसनीय”

लाजियोका कोच सिमोन ईन्झाघीले आफ्नो खेलाडीहरुलाई रियादमा युभेन्टस बिरुद्ध आश्चर्यजनक १-३ले जितेकोमा प्रशंसा गरे।

लुइस अल्बर्टो, सेनाड लुलिक र डानिलो क्याटाल्डीले लाजियोको लागि गोल गरे पाउलो डिबालाले युभेन्ट्सका लागि एक मात्र गोल गरे।

“हामीले केहि जादु गरेको जस्तो महसुस भएको छ, दुई सातामा युभेन्ट्सलाई दुई पटक हराउनु अविश्वसनीय हो,” इन्जाघीले राई स्पोर्टलाई भने।

“मलाई लाग्छ कि यो हाम्रो योग्य जीत हो, हामी सधैं हाम्रो विचारहरूमा विश्वास गर्दछौ र यी केटाहरू यसको योग्य छन्।”