युभेन्ट्स र रियल म्याड्रिड च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाटै आउट

TURIN, ITALY - FEBRUARY 02: Cristiano Ronaldo of Juventus looks on during the Serie A match between Juventus and Parma Calcio at Allianz Stadium on February 02, 2019 in Turin, Italy. (Photo by Tullio M. Puglia/Getty Images)

इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस च्याम्पियन रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएका छन् । युभेन्टस फ्रान्सेली टोली लियोनसँग र रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटी पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएका हुन् ।

शुक्रबार घरेलु मैदानमा भएकाे खेलमा युभेन्टसले लियोनमाथि २-१ गाेल अन्तरले जित निकाले पनि क्वाटरफाइनलमा प्रवेश गर्न सकेन । समग्रमा २-२ को स्कोर भएपछि अवे गोलको आधारमा लियोन क्वाटरफाइनलमा प्रवेश गरेको हो । युभेन्टसका लागि दुवै गाेल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

पहिलो लेग १-० ले जितेको लियोनले दोस्रो लेगको १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियाे । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई सुदृढ अवस्थामा पुर्याएका छन् । युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

खेलकाे ४३ औं मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत गाेल गर्दै खेल १ १ काे बराबरीमा ल्याए । मिरालेम प्यानिचको फ्रिकिकले वालमा बसेका कप्तान मेम्फिस डिपाएको हातमा लागेपछि इटालियन टोलीले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल युभेन्टसले २ १ गाेल अन्तरले जित्याे । शुक्रबार भएकाे खेलमा जिते निकाले पनि पहिले लिगमा १-० ले गाेल अन्तरले पछि परेकाे युभेन्टस अवे गोलको आधारमा राउन्ड अफ १६ चरणबाटबाटै बाहिरियाे ।

यता रियल म्याड्रिडलाई पनि राउन्ड अफ १६ को दोस्रो लेगमा सिटीले २-१ को जित दर्ता गर्दै प्रतियोगिताबाट नकआउट गरेको छ । पहिलो लेगमा २-१ को जित दर्ता गरेको सिटी समग्रमा ४-२ को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिटीको दुवै गोल डिफेन्डर राफाएल भारानको गल्तीमा रहीम स्टर्लिङ र ग्याब्रीएल जेससले गरेका थिए । रियलका करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । पहिलो लेग २-१ ले जितेको सिटीले खेलको ९ मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । सिटीलाई अग्रता दिलाउनका लागि रहिम स्टर्लिङको गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा रियलले बराबरी गोल फर्कायो । युवा विंगर रोड्रीगोको उत्कृष्ट मुभमा फरवार्ड करीम बेन्जेमाले रियललाई खेलमा फर्काए । पेनाल्टी क्षेत्रबाहिर बल पाएका रोड्रीगोले अगाडि बढाएर दिएको चिप क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गरेका थिए । खेलेको ६८ औं मिनेटमा जेसुसले गोल गर्दै सिटीलाई २-१ गोलको अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल सिटीले जित्यो ।

अब क्वाटरफाइनलकाे खेलमा लियोन र म्यानचेस्टर सिटीकाे भिडन्त हुने छ ।