युभेन्ट्स जाने बारे मार्सेलोको येस्तो भनाइ

रियलका स्टार खेलाडी मार्सेलोले रियल पहिलको जस्तो बलियो टोली नरहेको बताएका छन् । उनले ‘ला गजेट्टो डेल्लो स्पोर्ट्ससँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

‘रियल मड्रिडलाई कुनै क्लबसँग तुलना गर्न सकिदैन’, उनले भने, ‘तर, जब रियल मड्रिडले केही पनि जित्दैन, यस्तो लाग्छ कि दुनियाँ नै अलग भएको जस्तो लाग्छ । यो क्लबले फुटबलमा धेरै कुरा दिएको छ । खेलाडीलाई पनि उत्तिकै कुरा दिएको छ ।’

मार्सेलोलाई पछिल्लो समय पूर्वसहकर्मी रोनाल्डो सम्मेलित टोली युभेन्टससँग जोडेर हेनै गरिन्छ । रोनाल्डोसँग मैदानमा र मैदानबाहिर उत्तिकै मिल्ने भएका कारण उनी रियल छोडेर युभेन्टस जाने आँकलन गरिएको थियो । तर, उनले युभेन्टस जाने कुरा हल्ला मात्र भएको बताए ।

उनले भनेका छन्, ‘मलाई केही समयदेखि नै रोनाल्डोको क्लब जाने भनेर चर्चा गरिएको छ । तर, ति रिपोर्टहरू सबै झुट्टा हुन् । यो सत्य छ कि, म मड्रिडलाई निकै माया गर्छु । मड्रिड मेरो घर हो र मड्रिड विश्वकै उत्कृष्ट क्लब पनि हो ।’

रियल मड्रिडले अब एउटा मैत्रीपूर्ण खेल खेलेर ला लिगाको सुरुआत गर्नेछ । उसले इटालियन क्लब रोमासँग मैत्रीपूर्ण खेल खेल्दैछ । रोमाकै घरेलु मैदानमा हुने यस खेल आइतबार राति हुनेछ । यस खेलपछि उसले सन् २०१९–२० को ला लिगाको सुरुआत गर्नेछ । रियलले ला लिगाको पहिलो खेलमा सेल्टा भिगोसँग खेल्नेछ ।