युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा पिएसजीले युभेन्ट्सलाई पराजित गरेको छ ।
घरेलु टोलीलाई २–१ ले पराजित गरेपनि अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ६-१ को जित निकालेपछि पिएसजी गोल अन्तरमा पछि पर्दै समूहमा दोस्रो रहन बाध्य रह्यो ।
पिएसजी र बेन्फिकाले समान खेलबाट समान १४ अंक जोड्दा गोल अन्तर, गोल गरेको र खाएको गोलपनि बराबरी भएपछि बढी अवे गोलका कारण बेन्फिका शीर्षमा पुग्यो । बेन्फिकाले ९ अवे गोल गर्दा पिएसजीले ६ अवे गोल गरेको छ ।
बेन्फिका र पिएसजीले समान ६ खेलबाट १४ अंक जोड्यो । युभेन्ट्सले ३ तथा मकावीले ३ अंक जोडेर पुछारमा रह्यो ।
खेलको १३ औं मिनेटमा एमबाप्पेले गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । ३९ औं मिनेटमा बोनुचीले जुआन कोर्डाडोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६९ औं मिनेटमा एमबाप्पेको पासमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीको जित पक्का गराएको हो ।