युभेन्ट्सको सहज जित, रोनाल्डोको उत्कृष्ट फम जारी

युभेन्ट्सले अपराजित यात्रालाई कायमै राखेको छ ।

शनिबार राति युभेन्ट्सले पार्माविरुद्ध ४–० को जित निकालेको छ ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । अल्भारो मोराटा र डिजन कुलुस्वेस्कीले एक एक गोल गरे ।

स्विडेनका २० वर्षिया फरवार्ड कुलुस्वेस्कीले २३ औं मिनेटमा एलेक्स सान्ड्रोको पासलाई सदुपयोग गर्दै आन्द्रे पिर्लोको टिमलाई अघि बढाएका थिए ।

त्यसको तीन मिनेटमै हेडमार्फत गोल गरेका रोनाल्डोले पहिलो हाफ सकिन अघि लिगमा १२ गोल पुरा गरे ।

खेलको अन्तिमतिर अल्भारो मोराटाले युभेन्ट्सका लागि चौथो गोल गरेका थिए ।

तेस्रो स्थानको युभेन्ट्सले १३ वटा सिरि एका खेलमा ६ खेलमा बराबरी खेलेको छ । शनिबारको जितले शीर्ष स्थानको एसी मिलानमाथि दबाब बढेको छ । शीर्ष स्थानको एसी मिलान मात्र एक अंकले अघि रहेको छ ।

युभेन्ट्स सिरि एको पछिल्लो ९ सिजनको विजेता हो ।

बुधबार एटलान्टाविरुद्ध पेनाल्टी गुमाएका रोनाल्डोले सिरि एका ७३ खेलमा ६३ गोल पुरा गरेका छन् ।