युभेन्ट्सको दु:खद हार शीर्ष स्थान भन्दा ७ अंकले पछाडी

इटालियन लिग सिरी ए मा सनिबार राती भएको नापोली र युभेन्ट्स बिचको खेलमा नापोलीले १-० को कठिन जित हात पारेको छ ।

खेलमा जित दिलाउन नापोलीका फर्वार्ड इन्सिग्नेले पेनाल्टीमा गोल गरे ।

खेलको ३० औं मिनेटमा युभेन्ट्सका डिफेन्डर किलियनीले नापोलीका खेलाडीलाई फाउल गरेपछि नापोलीले पेनाल्टी पाएको हो ।

हारसंगै युभेन्ट्स लिगको तेस्रो स्थानमा यथावत रहेको छ भने शीर्ष स्थानको एसी मिलान भन्दा ७ अंकले पछाडी रहेको छ । तेस्तै नापोली भने चौथो स्थानमा उक्लेको छ ।