युभेन्ट्सले सिरि ए मा जित निकालेको छ। आइतबार राति भएको खेलमा युभेन्ट्सले पर्मालाई २–१ गोल अन्तरले हराएको हो।
युभेन्ट्सको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। यता एन्ड्रियास कार्नेलियसले पार्माका लागि एक गोल फर्काए।
रोनाल्डोले ४३ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। कार्नेलियसले ५५ औं मिनेटमा हेडमार्फत गोल गर्दै पार्माका लागि बराबरी गोल फर्काए।
त्यसको तीन मिनेटपछि पाउलो ड्याबालाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गर्दै २–१ को जित दिलाए।
जितसँगै युभेन्ट्सले दोस्रो स्थानको ईन्टर मिलानसँग ४ अंकको अग्रता बनाएको छ। युभेन्ट्सको ५१ अंक छ। पराजित पर्मा २८ अंक सहित सातौं स्थानमा छ।