युभेन्ट्सको जितमा रोनाल्डोले गरे ३ खेलमा लगातार गोल

युभेन्टसले च्याम्पियन्स लिगमा जित निकालेको छ ।

युभेन्टसले घरेलु टोली बायर लिभरकुसेनलाई २–० ले पराजित गरेको थियो । जितसँगै अपराजित रहेको युभेन्टसले ६ खेलबाट १६ अंक जोडेर समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । यो समूहबाट स्पेनिस क्लब एट्लेटिको मड्रिडले उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । एट्लेटिकोले १० अंक जोड्यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्न सफल भए । ७५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिबालाकै पासमा हिगुआइनले गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए ।

रोनाल्डोले युभेन्ट्सका लागि ३ खेलमा लगातार गोल पनि गर्न सफल भएको छ ।

यो समूहको अर्काे खेलमा एट्लेटिको मड्रिडले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–० ले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो ।

एट्लेटिकोको जितमा जोओ फेलिक्स र फिलिपेले गोल गरे । किरियन ट्रिपिएरले तेस्रो मिनेटमा पेनाल्टीमा गोल गर्न सकेन । २६औं मिनेटमा अल्भेरो मोराटाको गोलले भिएआरबाट मान्यता पाएन ।