युभेन्ट्सको च्याम्पियन्स लिगमा सुखद सुरुवात

युभेन्ट्सले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो ।

किभको मैदानमा अल्भारो मोराटा चम्किएपछि युभेन्ट्सले सुखद सुरुवात गरेको हो ।

घरेलु टोलिसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सका लागि दुबै गोल मोराटाले गरे ।

खेलको ४६ औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

मोराटा यसै सिजन एट्लेटिको मड्रिडबाट लोनमा युभेन्ट्स फर्किएका हुन् । र, च्याम्पियन्स लिगको पहिलो खेलमै उनले शानदार प्रदर्शन गरेका छन् ।

जितसँगै समूह ‘जी’ को युभेन्ट्सले ३ अंक जोडेको छ । किभले भने हारबाट सिजनको सुरुवात गरेको छ ।