युभेन्ट्सको खराव प्रदर्शन जारी, हार बाट मुस्किलले जोगियो

कोरियाको सिओलमा भएको खेलमा युभेन्ट्सले के-लिग अल स्टार बिरुद्ध बराबरी खेलेको छ ।

मैत्रीपुर्ण खेलमा के-लिग अल स्टारले ७ औं मिनेटमा अग्रता लिएको थियो र त्यसको दुई मिनेटमै युभेन्ट्सको मुराटोरेले गोल गर्दै खेल बराबरीमा ल्यायो । खेलको ४५ औं मिनेटमा फेरि के-लिग अल स्टारका सेसिनहाले गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफको ५० औं मिनेटमा टागार्टले के-लिग अल स्टारका लागी गोल गर्दै खेल ३-१ मा ल्यायो । त्यसपछि ७८ औ मिनेटमा युभेन्ट्सका माटुइडीले गोल गर्दै खेल ३-२ मा ल्याए । ८१ मिनेटमा पेरेराले गोल गर्दै युभेन्ट्सलाइ बराबरीमा ल्यायो ।

त्यसपछि खेलमा अरु कुनै गोल हुन नसके पछि खेल ३-३ मा सकियो ।