युभेन्ट्स एथ्लेटिको मड्रिडसंग पराजित; फेलिक्सले गरे दुई गोल

प्रि-सिजन खेल अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा एथ्लेटिको मड्रिडविरुद्ध युभेन्टस २-१ ले पराजित भएको छ ।

स्विडेनको फ्रेन्डस एरिनामा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिले अग्रता लिएको थियो । २४ औं मिनेटमा पोर्चुगिज युवा खेलाडी जोओ फेलिक्सले गोल गरेका थिए ।

त्यसै गरि २९ औं मिनेटमा युभेन्ट्सबाट सामी खेडिराले गोल गर्दै खेल बराबरीमा ल्याए ।

३३ औं मिनेटमा फेरि जोओ फेलिक्सले गोल गर्दै एथ्लेटिको मड्रिडलाई पहिलो हाफमा २-१ को अग्रता दिलायो र दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि एथ्लेटिकोले युभेन्ट्स माथी जित हात पारेको हो ।