युभेन्ट्सको इन्टर मिलान माथि जित

युभेन्ट्सले शुक्रबार इटालियन सिरी ए को खेलमा इन्टर मिलानलाई १-० ले पराजित गरेको छ । खेलको ६६ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रसमा हेडरमार्फत गोल गर्दै मान्जुकिचले युभेन्ट्सलाई महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । यससँगै युभेन्ट्सले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ ।

डर्बी डे इटालीयाको नाम पाएको यस खेलमा युभेको जितसँगै अपराजित सुरुवातको कीर्तिमान पनि बराबरी भएको छ । १५ खेलमा १४ जित र १ बराबरीसँगै युभेले ४३ अंक जोडेको छ । युरोपको शीर्ष ५ लिगमा यो नै उत्कृष्ट सुरुवात हो । यसै सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १५ खेलमा ४३ अंक जोड्दै कीर्तिमान बनाएको थियो ।

हार पछि इन्टर भने तेस्रो स्थानमा नै कायम राखेको छ । इन्टर अंक तालिकामा युभेन्ट्सभन्दा १४ अंकले पछाडी छ ।