युभेन्ट्सको इन्टरमाथी जित; रोनाल्डोले गरे गोल, डि लिग्टले गरे आत्मघाती गोल

आइसिसि कप २०१९ मा युभेन्ट्सले इन्टर मिलान माथि जित निकालेको छ ।

चाइनामा भएको खेलमा युभेन्ट्सका डि लिग्टले आत्मघाती गोल गर्दै इन्टर मिलानलाइ १० औ मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा अर्को कुनै गोल हुन सकेन ।

दोस्रो हाफको ६८ मिनेटमा रोनाल्डोले फ्री-किक मार्फत गोल गर्दै युभेन्ट्सलाइ बराबरीमा ल्याए ।

त्यस पछि कुनै टोलिले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । सुटआउटमा युभेन्ट्सले इन्टरलाई ४-३ ले हराउन सफल भयो ।

डि लिग्टको आत्मघाती गोल हेर्नुहोस:

रोनाल्डोको फ्री-किक गोल हेर्नुहोस: