युभेन्ट्सको आपराजित यात्रा कायमै, रोनाल्डोले गरे अस्सिस्त

बुधबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २ – ० ले पराजित गर्यो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन पाउल डिबला र ब्लेइस माटुइडीले एक एक गोल गरे । युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

अघिल्ला दुई लिग खेलमा गोल गरेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने गोल गर्न असफल भए ।
लगातार छैटौं जित निकालेसंगै युभेन्ट्सले १८ अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेपोलीको १५ अंक छ ।

नेपोलीले बुधबार राति पर्मालाई ३ – ० ले हरायो । यस्तो रोमाले फ्रोसीनोनमाथि ४ – ० को जित निकाल्यो ।