युभेन्ट्सको अपराजित यात्रा कायमै

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन पाउलो डिबाला र जुवान काउड्राडोले एक एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोल उपहार पाएको थियो । काग्लियारीका फिलिप ब्राडारिचले आत्मघाती गोल गर्दा जोया पेड्रोले एक गोल फर्काए ।

एलिनाज स्टेडियममा पहिलो मिनेटमै डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा पेड्रोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । ३८ औं मिनेटमा ब्राडारिचले आत्मघाती गोल गरेपछि युभेन्ट्सले २ – १ को अग्रता बनायो । त्यसपछि खेलको ८७ औं मिनेटमा काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई ३ – १ को सहज जित दिलाए ।

घरेलु मैदानको जितसंगै युभेन्ट्सले ११ खेलबाट ३१ अंक जोडेको छ । र, लिगको शीर्ष स्थानमा यथावत रहेको छ । पराजित काग्लियारी १३ अंक जोडेर १३ औं स्थानमा छ ।