युभेन्ट्सका माटुइडीलाई पनि कोरोना

इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । युभेन्ट्सले माटुइडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

युभेन्ट्सका ३२ वर्षीय माटुइडी युभेन्ट्सका प्ले मेकर हुन् । उनको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो ।

माटुइडीलाई अहिले आइसोलेसनमा राखिएको पनि युभेन्ट्सले जनाएको छ । युभेन्ट्समा कोरोनाको संक्रमण देखिने माटुइडी दोस्रा खेलाडी हुन् । यसअघि रक्षक ड्यानियल रुगानीलाई कोरोनाको संक्रमण भएको थियो ।

चीनबाट ऊहानबाट फैलिएको कोरोनाभाइरसको महामारीले अहिले सबैभन्दा बढी आक्रान्त इटालीलाई बनाएको छ ।

@Ratopati

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ