युभेन्ट्सका डी लिग्टले जिते ‘वर्ष खेलाडी’ अवार्ड

युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्ट नेदरल्याण्डको वर्ष फुटबल खेलाडी घोषित भएका छन् ।

सन् २०१८ मा नेदरल्याण्डका उत्कृष्ट खेलाडी घोषित हुँदै डी लिग्टले गोल्डेन शु अवार्ड जितेका छन् ।

एम्सटर्डम आयोजित एक बिशेष समारोहमा नेदरल्याण्डले डी लिग्टलाई अवार्ड प्रदान गरेको हो ।

गत सिजन डच क्लब आयाक्सबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका डी लिग्ट यस सिजन भने इटालियन क्लब युभेन्ट्स आएका छन् ।