युभेन्टस सँग डिबालाले गरे सम्झौता विस्तार

Juventus' Argentine forward Paulo Dybala celebrates after scoring a penalty during the Italian Cup (Coppa Italia) round of 16 football match Juventus vs Udinese on January 15, 2020 at the Juventus stadium in Turin. (Photo by Isabella BONOTTO / AFP) (Photo by ISABELLA BONOTTO/AFP via Getty Images)

युभेन्टसका स्टार खेलाडी पाउलो डिबालाले क्लब सँग पाँच वर्षको नयाँ सम्झौता गरेको जानकारी छ ।

२८ वर्षीय डिबाला पाल्मेरोबाट ३६ मिलियन पाउन्डमा २०१५ मा युभेन्टसमा सामेल भएका थिए। टुरिनमा उनको आगमन पछि, २८ वर्षीय स्टारले युभेको लागि २६६ खेलहरू खेलेका छन् र प्रत्यक्ष रूपमा १५२ गोलहरूमा योगदान पुर्‍याएका छन्।

क्लबमा धेरै समय बिताए पनि उनी सँग सम्झौता विस्तार गर्न युभेन्टस केही समय लागेको थियो। पाउलो डिबाला अर्को गर्मीमा फ्री एजेन्ट बन्ने क्रममा रहेका थिए र उनले क्लब छोड्ने धेरै हल्ला भएको थियो।

हाल खबर अनुसार डिबालाले युभे सँग २०२६ सम्मको सम्झौता गरेको र उनको तलब प्रति वर्ष €९ मिलियन हुने जानकारी छ। डिबालाले क्लब छोड्ने धेरै हल्ला भएको थियो भने प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटेनह्याम हटस्पर जस्ता क्लबहरूसँग उनको नाम जोडिएको थियो।

हाल उनको ट्रान्सफर हल्लाहरू भने अन्त्य हुने भएको छ र क्लबमा आफू खुसी रहेको डिबालाले जनाएका छन्।