युभेन्टस लिभरपुल मिडफिल्डर भित्र्याउन प्रयासरत

एजेन्सी, लिभरपुलका मिडफिल्डर जिनि वाइनाल्डमले सम्झौता नविकरण नगर्ने भएसंगै विभिन्न क्लबहरुले उनी माथी नजर लगाएका छन।

मार्काको आधार मान्ने हो भने युभेन्टसले पनि उन्लाइ भित्र्याउन प्रयासरत छन। मिडफिल्डरले एन्फिल्ड छोड्ने निर्णय गरिसकेको छ।

बार्सिलोना उन्लाइ अनुबन्धित गर्ने शिर्ष स्थानमा रहेको छ। त्येसो त बार्सिलोनाको प्रशिक्षक रोनाल्ड कोम्यानले वाइनाल्डमसंग नेदरल्यान्डस्को राष्ट्रिय टोलिमासंगै काम गरिसकेका छन।

त्येस्तै बार्सिलोना, युभेनटससंगै चेल्सी र पिएसजी पनि दौडमा आएका छन।

यी ३० बर्षिय खेलाडिले लिभरपुलका यस सिजन लागि ४० खेल खेलिसकेका छन। जस्मा उन्ले ३ गोल गरे।