युभेन्टस र एथ्लेटिको मड्रिड भिड्दै; खेल कति बजे सुरू हुदैँछ? पूरा जानकारी

प्रि सिजनका अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा आज शनिवार बेलुका युभेन्टस र एथ्लेटिको मड्रिडको भिड्दै छ।

खेल नेपाली समय अनुसार राति ९ः५१ बजे स्वीडेनको फरेन्स एरिना रँगशालामा सुरु हुनेछ। यो खेल रोमांचक हुने अनुमान गरिएको छ।

गत सिजन च्याम्पियन्स लिगमा दुई टिम बीच भिडन्त भएको थियो। जसमा पहिलो लेग एथ्लेटिकोले २-० ले जिते तर दोस्रो लेगमा भने युभेन्टसँग ३-० ले हारे । सो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए।