युभेन्टस म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर साइन गर्न इच्छुक

युभेन्टस म्यानचेस्टर युनाइटेडका नयाँ स्टार मिडफिल्डर डोनी भ्यान डि बीक साइन गर्न इच्छुक रहेको खबर छ।

डि बीक युनाइटेडमा आएका धेरै समय भएको छैन भने उनि धेरै जस्तो समय बेन्चमा वैकल्पिक खेलाडीको रुपमा हुने गर्छन र खबर अनुसार युभे उनलाई आफ्नो डच टिम मत डि लिग्त संग क्लबमा पुनर्मिलन गराउन चाहन्छन्।

उक्त रिपोर्टले इटालियन च्याम्पियनले जनवरीमा यस्तो कदम चाल्ने सम्भावना नभएको बताएको छ तर अर्को गर्मीको विन्डोमा उनलाई लोनमा साइन गर्ने युभेको योजना रहेको कुरा छ।

युभेन्टस लोन पछि उक्त सम्झौता £३० मिलियनमा स्थायी बनाउने सोचमा रहेको छ। खबर अनुसार दुई क्लब बीच राम्रो सम्बन्ध भएकोले खेलाडी साट्ने सम्झौता पनि हुन सक्ने छ।