‘युभेन्टस फर्किन मोराताले धेरै प्रयास गरेका थिए’

अल्भारो मोरताका एजेन्टले बताए कि यस सिजनमा जुभेन्टसमा सम्मिलित हुनु सधैं मोरताको प्राथमिकतामा थियो। मोराता यस गर्मीमा युभेमा एटलेटिको म्याड्रिडबाट फर्किए र उनको खेल युभेमा निकै राम्रो रहेको छ।

“मोराता युभेको लागि सँधै पहिलो विकल्प थिए र मोराताले पनि मात्र युभेलाई छान्ने छन्,” एजेन्ट जुआन्मा लोपेजले जियानलुका डिमर्जियो डट कमलाई भने।

“सुरुमा समस्या यो थियो कि एटलेटिको म्याड्रिड केवल स्थायी बिक्री स्वीकार गर्न तयार थिए, र युभे उनलाई लोनमा साइन गर्न चाहन्थे।

“तर एटलेटिकोले सुआरेज साइन गरे पछि मोरातालाई युभेन्टसमा लोनमा बेच्न एटलेटिको समर्थ भए।

“युभेन्टस फर्किन मोराताले धेरै प्रयास गरेका थिए। उनलाई ट्यूरिन धेरै मन पर्छ।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ