‘युभेन्टसमा आफ्नो भविष्यबारे क्रिस्टियानो रोनाल्डोको यस्तो निर्णय’

Juventus' Portuguese forward Cristiano Ronaldo looks on prior to the Italian Serie A football match lazio Rome vs Juventus Turin on December 7, 2019 at the Olympic stadium in Rome. (Photo by Filippo MONTEFORTE / AFP)

क्रिस्टियानो रोनाल्डोलाई सिजनको अन्तमा युभेन्टसले बेच्न सक्ने चर्चा हुदै गर्दा रोनाल्डोले क्लब छोड्ने आफ्नो मनसाय नरहेको कुरा स्पष्ट गरेका छन्।

युभेले उनलाई बेच्न तयार हुने खबर रहेको थियो र पिएसजी र म्यान्चेस्टर युनाइटेड जस्तो क्लब उनलाई साइन गर्न इच्छुक रहेका थिए तर खबर अनुसार रोनाल्डोले युभेन्टस छोड्ने छैनन्। खबर अनुसार उनि आफ्नो सम्झौता अन्त्य नभए सम्म युभेमा रहन तयार छन्। युभेन्टस संग उनको सम्झौता २०२२ सम्म रहेको छ।

युभेन्टस आफ्नो तलब खर्च कम गर्न रोनाल्डोलाई बेच्न तयार हुने खबर रहेको थियो कोरोना भाइरसको कारण क्लबको फाइनेन्समा असर परेको कारण पनि युभे उनलाई बेच्न तयार हुने देखा परेको कुरा थियो।

यद्यपि, ए एसका अनुसार रोनाल्डो आफ्नो युभेन्टस सम्झौता अन्त्य भए पछि मात्र क्लब छोड्न चाहन्छन्। उनि उपलब्ध भए पिएसजी र म्यान्चेस्टर युनाइटेडले उनलाई साइन गर्न प्रयास गर्ने खबर रहेको छ भने हाल रोनाल्डोले क्लब छोड्ने मनसाय नदेखाएको कुरा छ।