युभेन्टस बिरुद्धको खेल खेल्न नापोली टुरिन नआए पछि

युभेन्टस र नापोली बीचको सिरी ए खेल आइतबार निकै अनौठो अवस्थामा पुगेको थियो। युभेन्टस नापोली बिरुद्ध खेल्न तयार थिए तर नापोलीको टिम टुरिनमा नआए पछि खेल अराजकतामा पुग्यो र खेल स्थगित भयो।

नापोलीका दुई खेलाडीमा कोरोना संक्रमण देखिए पछि नापोलीले बताए कि उनीहरूलाई स्थानीय स्वास्थ्य अधिकार द्वारा यात्रा नगर्न आज्ञा गरिएको थियो। तर, सिरी एले खेल रद्द गर्न अस्वीकार गरे।

युभन्टसको टोली किक-अफको एक घण्टा अघि स्टेडियममा आइपुगेका थिए, तर नापोली भने टुरिन पनि पुगेका थिएनन्। सिरी ए नियम अन्तर्गत, विपक्षी टिम खेल्न नआए पछि युभेन्टसलाई खेलमा ३-०को जीत दिन पर्ने छ।

लिगले नेपल्स स्वास्थ्य प्राधिकरण (एएसएल) ले देशको स्वास्थ्य प्रोटोकल र खेलकुद मन्त्रालय र फुटबल अधिकारीहरूबीच भएको सहमति पुरा गर्न असफल भएको बताए।

एउटा खेलाडी संक्रमण देखे अन्य खेलाडीको परीक्षण पछि खेल्न र प्रशिक्षण गर्न दिने नियम थियो र आइतबार यस्तो नभएको देखियो।

सिरी एले नियम बनाएको छ कि यदि प्रत्येक टोलीसँग कम्तिमा १३ खेलाडीहरू उपलब्ध भए पनि खेल्न नसक्ने भए सो टिमलाई ३-०को हार दिने छ।

यद्यपि टोलीको एक हप्ता भित्र १० जना खेलाडीहरु संक्रमित भए भने खेल स्थगनको लागि अनुरोध गर्न अधिकार क्लबलाई हुने छ।