‘युभेन्टस आफ्नो स्तरमा नरहेको’ रोनाल्डोको विश्वास भएको दाबी

‘युभेन्टसलाई आफ्नो स्तरमा नरहेको’ क्रिस्टियानो रोनाल्डोको विश्वास रहेको पोर्तुगिज रिपोर्टरको दाबी छ र आउँदो गर्मीको विन्डोमा उनले क्लब छोड्ने पनि चर्चा छ।

रोनाल्डोको आगमन पछि च्याम्पियन्स लिगमा युभे तेस्रो पटक छिटो नकआउट भएको छ भने युभेका खेलाडीहरू र कोचको आलोचना हुँदै गरेको छ।

रोनाल्डो पनि पोर्तोको खेल पछि आलोचनाको सिकार बनेका थिए भने हाल खबर अनुसार युभेन्टस छोड्ने उनको मानसिकता रहेको छ। रोनाल्डोको युभे संग २०२२ सम्म सम्झौता छ भने उनले सो सम्झौता विस्तार गर्ने वा नगर्नेको स्पष्ट छैन र युभेमा उनको भविष्य अनिश्चित हुने देखा परेको छ।

यसै बिच पोर्तुगिज फुटबल रिपोर्टर तान्क्रेडी पाल्मेरीले रोनाल्डो युभेन्टस छोड्ने तयारीमा रहेको सङ्केत गरेका छन्। उनका अनुसार क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई “आफ्नो स्तरमा नरहेको” सोचेका छन् र उनी युरोपेली शीर्ष क्लबमा जान चाहन्छन्।