युभेन्टस आफ्नो पूर्व स्टार साइन गर्न इच्छुक 

युभेन्टसले आफ्नो पूर्व स्टार पोग्बा फेरी साइन गर्न इच्छुक रहेको खबर छ। म्यानचेस्टर युनाईटेडले आफ्ना मिडफिल्डर पाउल पोग्बा सँग नयाँ सम्झौता गर्न तयार रहे पनि दुई बिच कुनै सहमति भएको छैन भने हाल खबर अनुसार युभेको नजर पोग्बामा रहेको छ।

२८ वर्षका स्टार मिडफील्डर रियलमा जान इच्छुक रहेको पनि धेरै चर्चा थियो भने रियलबाट जिदानको प्रस्थान पछि पोग्बा फेरी युभेमा फर्किन सक्ने खबर रहेको छ।

उनको मूल्य €१०० मिलियन हुन सक्ने खबर छ भने युभेले आफ्नो खेलाडी र रकमको साथ उनलाई साइन गर्न सक्ने जानकारी छ।

पोग्बा २०१६मा युभेबाट युनाइटेड आएका थिए र हाल उनी क्लब छोड्न इच्छुक रहेको कुरा छ। हाल युभे उनलाई साइन गर्न इच्छुक हुने कुरा छ।