युभेन्टस आउनु अगाडी लुइस सुआरेजले गरे जर्जियो चिलीनीलाई फोन

खबर छ कि लुइस सुआरेजले जर्जियो चिलीनी संग फोनमा कुरा गरेका छन्- सुआरेज युभेन्टसमा जानु धेरै नजिक छ र चिलीनी संग उनको विगतको घटना बारे कुरा स्पष्ट गर्न सुआरेजले उनलाई फोन गरेको कुरा छ।

उरुग्वेका स्ट्राइकर कोमनको नयाँ बार्सिलोना योजनामा नहुने भए पछि उनि युभे तिर जाने लागेका छन् र तर सो कुरा लुइस सुआरेजले र र्जियो चिलीनीलाई केहि अप्ठ्यारो हुन सक्ने छ- दुई खेलाडी बीच विश्वकप २०१४मा भएको घटना सायद ईतिहासबाट कहिले मेटिने छैन तर दुई खेलाडी बीच कुरा ठिक भने हुन सक्ने देखा परेको छ।

 

२०१४को विश्वकपमा लुइस सुआरेजले जर्जियो चिलीनीलाई टोकेका थिए उक्त घटना निकै विवादास्पद थियो र दुई खेलाडी बीच धेरै समय सम्म तीतोपन रह्यो र हाल सुआरेज युभेन्टसमा जान सक्ने भए पछि कुरा मिलाउन सुआरेजले चिलीनीलाई फोन गरेको खबर छ।