युभेन्टस अर्को सिजम च्याम्पियन्स लिग खेल्ने

एजेन्सी, साविक विजेता युभेन्टस अन्तिम खेलमा जित निकाल्दै च्याम्पियन्स लिगका लागि छनौट भएको छ । लिगको अन्तिम खेलमा युभेन्टसले बोलोग्नालाई ४-१ गोल अन्तरले हराएपछि युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

अर्को खेलमा नेपोली भेरोनासँग बराबरी खेलेपछि अन्तिम खेलबाट सिरी ए को शिर्ष चार टिमका समिकरण परिवर्तन भएको हो । इन्टर मिलानले उपाधि पक्का गरिसकेको अवस्थामा शिर्ष तीन स्थानका लागि तीन टिमको प्रतिस्पर्धा रहेको थियो । यस्तैमा युभेन्टसलाई शिर्ष तीनमा रहनका लागि खेल जित्दै पर्ने अवस्था थियो ।

उसले अन्तिम खेलमा उत्कृष्ट जित निकाल्दा अर्को प्रतिस्पर्धी नेपोलीले बराबरी खेल्दा उसलाई फाइदा भयो । लिगमा एसी मिलान दोस्रो स्थानमा रहन सफल भयो ।

लिगको अन्तिम खेलमा रोनाल्डोलाई बेन्चमा राखेको युभेन्टसले छैटौं मिनेटमा नै गोल गर्न सफल भयो । उसका लागि फेडेरिको किएजाले गोल गरे । त्यसपछि २९ औं मिनेटमा अल्भारो मोराटाको गोलमा युभेन्टसले अन्तर दुई शुन्यमा पुर्यायो । पहिलो हाफको अन्तिममा राबीओटको गोलमा युभेन्टसले खेल तीन शुन्यमा पुर्यायो ।

पहिलो हाफमा तीन गोल गरेको युभेन्टसले दोस्रो हाफमा एक गोल थप्यो । दोस्रो हाफको सुरुवातमा नै मोराटाले ब्यक्तिगत दोस्रो गोल गर्दा टिमको स्कोर चार शुन्यमा पुर्याए । चार गोलले पछि परेको अवस्थामा ८५ औं मिनेटमा रिकार्डोले बोलोग्नालाई सान्त्वना गोल गरेका थिए ।

अंक तालिकामा च्याम्पियन इन्टरले ३८ खेलमा २८ जितका साथ ९१ अंक जोड्यो  भने दोस्रो स्थानको एसी मिलानले २४ जित २८ जितका साथ ७९ अंक बनायो । एटलान्टा र युभेन्टस समान ७८ अंक रहेपनि हेड टु हेडमा एटलान्टा तेस्रो स्थानमा रहयो ।